Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images
मितेरी सहकारी ठगी प्रकरण

कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई अदालत उपस्थित हुन आदेश

कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई अदालत उपस्थित हुन आदेश

सोमवार , जेठ ११, २०८३

काठमाडौं । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङका नाममा २१ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

अदालतले उनलाई निर्धारित अवधिभित्र अदालतमा उपस्थित भएर आफ्नो पक्षमा सबुत–प्रमाणसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको हो ।

मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना भएको आरोपमा ज्योती गुरुङविरुद्ध मुद्दा दायर भएको छ। अदालतले सोमबार प्रकाशित गरेको सूचनामा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ उपदफा (२२) अनुसार म्याद जारी गरिएको उल्लेख छ।

अदालतद्वारा जारी सूचनामा भनिएको छ, 'पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई अदालतमा उपस्थित हुनुहोला।'

अदालतले तोकिएको समयभित्र उपस्थित नभए कानुनबमोजिम मुद्दा अगाडि बढ्ने र पछि कुनै उजुर लाग्ने छैन भन्ने चेतावनीसमेत दिएको छ।

सूचनामा ज्योती गुरुङको तीनपुस्ते विवरणसमेत उल्लेख गरिएको छ । मितेरी सहकारी ठगी प्रकरणमा ज्योती गुरुङको मुख्य भूमिका रहेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077