ललितपुर । ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिराहा लहान नगरपालिका-१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने वर्ष १९ का सुरज राई रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुकार अनुसार उनलाई राईलाई ललितपुर १२ लगनखेल बसपार्क नजिकबाट पक्राउ गरिएको हो।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी खटिएको थियो।
त्यसपछि वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
राईको साथबाट पाँच सयका १६ थान नक्कली नोट बरामद भएको छ।
हाल उनलाई नियन्त्रणमा लिए आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।