Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वाधार विकास मन्त्रालयमा कमिसन विवादले सचिव र बिचौलियाबीच कुटाकुट !

पूर्वाधार विकास मन्त्रालयमा कमिसन विवादले सचिव र बिचौलियाबीच कुटाकुट !

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयमा कमिसन विवादको विषयमा सचिव, महानिर्देशक र बिचौलियाबीच कुटाकुट भएको खबर छ।

भौतिक पूर्वाधार मन्त्रालयमा सोमबार साँझ सचिव विश्वबाबु पुडासैनीसँग विवाद हुँदा घटना कुटाकुटको अवस्थासम्म पुगेको हो।

प्रहरीले सचिव पुडासैनीमाथि दुव्र्यवहार गरेको आरोपमा बिचौलिया उपेन्द्र शाहीलाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार सचिव पुडासैनी र बिचौलिया शाहीबीच पुरानो चिनजान देखिन्छ। उनीहरुबीच विगतमा कमिसनमा धेरै कामको सेटिङ भएका थिए।

तीनै कामको कमिसनको विषयलाई लिएर विवाद भएको थियो। विवाद हुँदा कार्यकक्षमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ पनि उपस्थित थिए।

विवादले उग्र रुप लिएपछि बिचौलिया शाहीले सचिव पुडासैनीमाथि झम्टिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी वृत्त सिंहदरबारको टोली गएर शाहीलाई नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं परिसरले मंगलबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको छ।

शाहीलाई आपराधिक विश्वासघात र एक्सटोर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए। उनलाई ५ दिन थुनामा राख्न अदालतले म्याद दिएको छ।

सचिव पुडासैनी यसअघि खानेपानी मन्त्रालयका सचिव थिए। सो मन्त्रालय मर्ज भएर पूर्वाधार विकास मन्त्रालय बनेको हो।

उनी खानेपानी सचिव हुँदा शाहीसँग मिलेर विभिन्न ठेक्कामा सेटिङ गरेका थिए। अहिले त्यही सेटिङको कमिसन विवादमा कुटाकुट भएको स्रोत बताउँछ।

उच्च प्रशासनसँग सम्बन्ध बनाएका शाही बदनाम बिचौलिया हुन्। यसअघि चक्रबहादुर बुढा राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा बुढाकै मोबाइलबाट फोन गरेर व्यापारीलाई धम्काएको विषयमा उनी विवादमा परेका थिए ।

त्यसपछि पनि उनको बिचोलिया धन्दा रोकिएको छैन । कुटपिट र कमिशन विवादको बारेमा सचिब पुडासैनीसँग प्रतिक्रियाका लागि अनलाइन नेपाल प्रतिनिधिले पटक पटक कल गर्दा पनि उनले ‘रेस्पोन्स’ गरेनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077