Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकालाई इरानको कडा चेतावनी - दुष्टताको जवाफ दिन्छौं

अमेरिकालाई इरानको कडा चेतावनी - दुष्टताको जवाफ दिन्छौं

बुधवार , जेठ १३, २०८३

एजेन्सी । इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो सैन्य आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भन्दै कडा प्रतिक्रिया दिएको छ।

इरानी विदेश मन्त्रालयले अमेरिकाले होर्मोज्गान क्षेत्रमा पटक–पटक हमला गरेर सहमतिको उल्लंघन गरेको आरोप लगाएको हो।

बीबीसी फारसी सेवाका अनुसार, इरानले अप्रिल ९ मा युद्धविराम घोषणा भएपछि पनि अमेरिकी सेनाले निरन्तर उक्साहटपूर्ण गतिविधि जारी राखेको दाबी गरेको छ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले होर्मोज्गान क्षेत्रमा धेरैपटक युद्धविराम तोडेको छ। इरानले कुनै पनि दुष्टतालाई त्यसै छाड्ने छैन।”

यसअघि इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकी कदमको प्रतिकार गर्ने अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी दिएको थियो। आईआरजीसीले युद्धविराम उल्लंघन भए त्यसको जवाफ “वैधानिक र निर्णायक” हुने जनाएको छ।

सोमबार राति बन्दर अब्बास र विमानस्थल आसपास ठूलो विस्फोटको आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। त्यही क्षेत्रमा अमेरिकी सेनाले नयाँ ‘सेल्फ–डिफेन्स स्ट्राइक’ गरेको स्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077