Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस आज, काठमाडौंमा विधान महाधिवेशन हुँदै

नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस आज, काठमाडौंमा विधान महाधिवेशन हुँदै

बुधवार , जेठ १३, २०८३

काठमाडौं । नेपाल प्रेस युनियनले आज देशभर विविध कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ ।

दिवसको अवसरमा देशभरका शाखाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन सम्पन्न गर्दैछ ।

विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी गरिएको थियो। त्यसपछि बिहान ९ बजेदेखि महाधिवेशन औपचारिक रूपमा सुरु भएको युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिएका छन् ।

महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको छ । युनियनका अनुसार देशभरका शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य प्रतिनिधिहरू काठमाडौँमा उपस्थित भएका छन् ।

नेपाल प्रेस युनियन २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको हो। स्थापना कालदेखि नै यस संस्थाले पत्रकारहरूको संगठित आवाज, प्रेस स्वतन्त्रता र श्रम अधिकारका पक्षमा काम गर्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077