Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसियन गेम्स : इन्डोनेसियासँग खेल्दै नेपाल

एसियन गेम्स : इन्डोनेसियासँग खेल्दै नेपाल

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज इन्डोनेसियासँग खेल्दैछ । 

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ। 
नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो। 

आज इन्डोनेसियालाई पनि हराउँदै नेपाली टोली लगातार दोस्रो जित हासिल गरी समूह विजेताका रूपमा सेमिफाइनल पुग्ने दाउमा छ ।

इन्डोनेसिया पनि नेपाललाई फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउने सोचमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077