Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग हार्‍यो

नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग हार्‍यो

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । 

बिहीबार भएको खेलमा नेपाललाई पराजित गरेसँगै इरान च्याम्पियनसिपमा एक सेट पनि नगुमाई फाइनलमा पुगेको हो । 

राष्ट्रिय खेलकुद परिषदको बहुउदेश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो। इरानले घरेलु टोली नेपाललाई २५–२०, २५–१५ र २५–११ ले सहजै पराजित गरेको हो। 

पहिलो सेटको सुरुवातमा नेपालले ईरानमाथि केही दबाब बनाएको थियो। तर दोस्रो सेटमा केही कमजोर देखिएको नेपाली टोली तेस्रो सेटमा इरानसामु निरिह बन्यो। 

नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। नेपाल सेमिफाइनलबाटै बाहिरिएपछि उपाधिका लागि समूह चरणकै टोली फेरि एकआपसमा भिड्ने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077