Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले खेलकुद पूर्वाधार विकास, खेलाडी प्रोत्साहन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

सरकारले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने नेपाली खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापन सुनिश्चित गर्न आजीवन स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा पनि गरेको छ ।

साथै बजेटमार्फत खेलाडीको सामाजिक सुरक्षा, स्वास्थ्य सुविधा तथा खेल क्षेत्रको व्यावसायिक विकासमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077