Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट वक्तव्य प्रतिनिधिसभामा टेबुल, जेठ १८ गतेदेखि छलफल

बजेट वक्तव्य प्रतिनिधिसभामा टेबुल, जेठ १८ गतेदेखि छलफल

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रतिनिधिसभामा टेबुल गरिएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानसम्बन्धी बजेट वक्तव्य टेबुल गरेका हुन् ।

यसअघि उनले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए । सरकारले सार्वजनिक गरेको बजेटमाथि अब संसद्मा विस्तृत छलफल हुने भएको छ ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बजेटमाथिको सामान्य छलफलका लागि तीन दिन छुट्याइएको जानकारी दिए । उनका अनुसार जेठ १८, १९ र २० गते बजेटमाथि छलफल हुनेछ ।

तीन दिनसम्म सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम तथा विनियोजनमाथि धारणा राख्नेछन् भने अन्तिम दिन अर्थमन्त्री वाग्लेले उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077