Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माण गर्ने घोषणासहित धवलशमशेर राणाले छाडे राप्रपा

नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माण गर्ने घोषणासहित धवलशमशेर राणाले छाडे राप्रपा

आइतवार , जेठ १७, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेरले पार्टी परित्याग गरेका छन् ।

लामो समयदेखि पार्टीभित्र बढिरहेको विवादकाबीच आज एक विज्ञप्ति जारी गर्दै उनले विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आउँदो बाटो तय गर्ने निश्चय गरेको जानकारी गराएका हुन् ।

'शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरुको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु । ‘समयको पदचाप र जनभावना अनुरुप अघि बढ्ने देश विदेशमा रहनु हुने नेपालीहरुको सुझाव र शुभेच्छाहरु प्राप्त भएको छ,' विज्ञप्तिमा भनिएको छ ।

राप्रपालाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्दा  विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँडाउने क्रमले पार्टी जनताबाट दण्डित भएको उनले उल्लेख गरेका छन् ।

लामो समयदेखि धवलशमशेर राप्रपाको वर्तमान नेतृत्वसँग असन्तुष्टी राख्दै आएका थिए ।

साथै उनले देशलाई माया गर्ने, समृद्धि चाहनेलगायत नवयुवापुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077