काठमाडौं । संयुक्त राज्य अमेरिकाको सार्वजनिक कूटनीति तथा जनसम्पर्कसम्बन्धी उपविदेशमन्त्री साराह बी रोर्जस काठमाडौं आइपुगेकी छिन् ।
उनी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेकी हुन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नेपाल भ्रमण गर्ने उनी सबैभन्दा उच्च तहको अमेरिकी अधिकारी हुन् ।
उनको भ्रमणलाई नेपाल–अमेरिका सम्बन्ध, आर्थिक कूटनीति, लगानी प्रवद्र्धन तथा क्षेत्रीय शक्ति सन्तुलनको दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
उपविदेशमन्त्री रोजर्सको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, विकास सहकार्य, जनस्तरको सम्पर्क विस्तार, सूचना तथा सञ्चार प्रविधिमा सहकार्य, लगानी वातावरण सुधार तथा लोकतान्त्रिक मूल्यहरूको प्रवर्धनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।