Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय शिक्षामन्त्री धर्मेन्द्रलाई राजीनामा दिन ककरोच पार्टीको ७ दिने अल्टिमेटम

भारतीय शिक्षामन्त्री धर्मेन्द्रलाई राजीनामा दिन ककरोच पार्टीको ७ दिने अल्टिमेटम

आइतवार , जेठ २४, २०८३

एजेन्सी । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट राजीनामा दिन सात दिनको अल्टिमेटम दिएको छ। पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि प्रधानलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

शनिबार दिल्लीस्थित जन्तरमन्तरमा आयोजित विरोध प्रदर्शनका क्रममा सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारमाथि दबाब बढाउँदै शिक्षामन्त्री प्रधानलाई पद छाड्न चेतावनी दिएका हुन्।

प्रदर्शनपछि पार्टीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा रांकाले शनिबारको कार्यक्रम केवल सुरुआती चरण मात्र भएको बताएका छन्। उनले सरकारलाई सात दिनको समय दिइएको उल्लेख गर्दै शिक्षामन्त्रीले स्वेच्छाले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्री मोदीले उनलाई पदमुक्त गर्नुपर्ने माग दोहोर्‍याए।

“आजको प्रदर्शनलाई केवल विरोधको एउटा कार्यक्रम मात्र नठानियोस्। यो त केवल ट्रेलर हो,” रांकाले भने, “यदि धर्मेन्द्र प्रधान लोकतन्त्रप्रति जिम्मेवार छन् भने सात दिनभित्र राजीनामा दिनुपर्छ। अन्यथा प्रधानमन्त्री मोदीले उनलाई बर्खास्त गर्नुपर्छ। यदि त्यसो भएन भने हामी थप सशक्त आन्दोलनका साथ फेरि सडकमा उत्रिनेछौँ।”

सीजेपीले शिक्षामन्त्री प्रधानविरुद्ध किन आन्दोलन थालेको हो भन्ने विषयमा विस्तृत धारणा सार्वजनिक नगरे पनि विरोध प्रदर्शनमार्फत सरकारको शिक्षा नीतिप्रति असन्तुष्टि व्यक्त गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077