Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

बालेनलाई नेता आङदेम्बेको प्रश्न- झण्डै दुई सय तोला सुन आर्जनको स्रोत के हो ?

बालेनलाई नेता आङदेम्बेको प्रश्न- झण्डै दुई सय तोला सुन आर्जनको स्रोत के हो ?

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलगायत मन्त्रीमण्डलको सुन आर्जनको स्रोत के हो भन्दै प्रश्न गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको सय दिने कार्य सूचीमा रहेको सम्पत्ति छानबिन आयोगबारे स्मरण गराउँदै प्रधानमन्त्री शाहलगायत मन्त्रीको सम्पत्तिको स्रोतबारे प्रश्न उठाएका हुन्। 

जनताले सुनका विषयमा सोधिरहेको सुनाउँदै उनले भने- 'प्रधानमन्त्रीको सम्पत्ति विवरण झण्डै दुई सय तोला सुन देखियो। मन्त्रीहरूको सम्पत्ति विवरणमा पनि सुन छ ।  आर्जनको स्रोत के हो भनेर जनता सोधिरहेका छन् । त्यसबारे जनताले जान्नु पाउनुपर्छ।'

यसैगरी आङदेम्बेले व्यवस्थापनको नाममा सुकुमबासी बस्तीबाट बलपूर्वक हटाएर अस्थायी आश्रयस्थलमा राख्ने र पछि त्यहाँबाट समेत रातारात हटाउने कार्य उचित नभएको बताए ।

उनले भने- 'के यो देश कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्रै हो ? सुकुमबासी, अव्यवस्थित बसोबासी, गरिब किसान र मजदुरहरूको यो देश होइन ?’

उनले सरकारलाई सुकुम्बासी समस्या समाधान गर्दा शक्ति प्रदर्शन होइन, मानव मर्यादा र संवेदनशीलतालाई केन्द्रमा राख्न आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077