Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

उपराष्ट्रपति यादव र कतारका अमिरबीच दोहामा भेटवार्ता

उपराष्ट्रपति यादव र कतारका अमिरबीच दोहामा भेटवार्ता

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालयका अनुसार कतार भ्रमणका क्रममा बुधबार दोहास्थित लुसाइल दरबारमा उनीहरूबीच उच्चस्तरीय भेट भएको हो।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट श्रद्धाञ्जलि एवं समवेदना व्यक्त गर्न कतार गएका हुन्।

भेटका क्रममा उनले अमिर शेख तमिम, शाही परिवार र कतारी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे।

सो अवसरमा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पठाइएको शोक तथा समवेदनापत्र अमिर शेख तमिमलाई हस्तान्तरण गरे। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077