Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरियामा पनि कोरोना भाइरसको त्रास, संक्रमितको संख्या डेढ हजार नाघ्यो!

    कोरियामा पनि कोरोना भाइरसको त्रास, संक्रमितको संख्या डेढ हजार नाघ्यो!

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2K
    SHARES

    फाइल फोटो

    सिओल । चीनपछि कोरोना भाइरस (कोभिड – १९) को त्रास दक्षिण कोरियामा पनि फैलिएको छ। संक्रमण दर नै त्यहाँ तिब्र गतिमा बढीरहेको छ । विहीबार विहान सार्वजनिक भएको प्रतिवेदनले कोरियामा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसको बीरामीलाई लिएर त्यहाँका अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । यहि गतिमा यदि संक्रमण दर बढ्ने हो भने छिट्टै नै चीनलाई भेट्टाउने छ।

    बुधबार मात्रै थप ३३४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखा परेको कोरिया सरकारको केन्द्रीय रोग नियन्त्रण महाशाखाले बिहीबार विहान सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।



    यो सहित कोरियामा कोरोना भाइरसको संक्रमणमा पर्नेको संख्या १ हजार ५९५ पुगेको छ । जबकी चीनमा विहीबार विहान सार्वजनिक भएको प्रतिवेदनमा नयाँ संक्रमणको केश ४३३ मात्रै देखाएको छ । यता कोरियामा अहिलेसम्म अहिलेसम्म यो भाइरसबाट १३ जनाको ज्यान गएको छ ।



    अधिकारीहरुले कुल संक्रमणको आधा भन्दा बढी केश इसाई आदिवासी बसोबास गर्ने डेईगु क्षेत्रमा भेटिएको बताएका छन् । बुधबार देखिएको ३३४ मध्ये ३०७ केश डेईगु क्षेत्र जो राजधानी सिओल भन्दा करीब ३०० किलोमिटर टाढा दक्षिणपूर्वी भागमा देखिएको हो ।

    कोरिया पछि यो भाइरसको सबैभन्दा बढी संक्रमण जापानी तटमा रहेको पानीजहाज डायमण्ड प्रिन्सेजमा देखिएको छ । त्यहाँ क्वारेन्टाइन गरिएकामध्ये अहिलेसम्म ६९१ जनामा यो भाइरस देखिएको छ भने ४ जनाको ज्यान गईसकेको छ ।

    यता युरोपको देश इटालीमा ३७४ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या १२ पुगेको छ । जापानमा १७१ जनामा संक्रमण र ३ जनाको मृत्यु भएको छ भने इरानमा अहिलेसम्म १३९ जनामा संक्रमण देखिएको छ तर मृत्यु हुनेको संख्या १९ पुगिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार