Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोराना भाइरसकै कारण आइपिएल सर्‍यो

    कोराना भाइरसकै कारण आइपिएल सर्‍यो

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 2.6K
    SHARES

    नयाँ दिल्ली। चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) तत्कालका लागि रोकिएको छ । भारतीय क्रिकेट बोर्डको आयोजनामा हुने आइपिएल कोराना भाइरसकै कारण स्थगित गरिएको छ ।
    भारत सरकारले सबै किसिमका खेलकुद गतिविधि रोक्न निर्देशन दिएपछि आइपिएल पनि स्थगित भएको हो । भारतमा अहिलेसम्म ८० व्यक्तिमा कोरना भाइरस संक्रमण देखिएको छ भने एक सय ३० जनालाई संक्रमण भएको आशंका गरिएको छ ।
    भारतमा हालसम्म कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ भने १२ राज्य प्रभावित भएका छन् । भारत सरकारले खेलकुद गतिविधि नगर्न भनेपछि आइपिएलमा आबद्ध ६४ विदेशी आफ्नै राष्ट्रमा बस्नुपरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार