Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौंमै भेटियो अवैध ६ ट्रक मास्क

    काठमाडौंमै भेटियो अवैध ६ ट्रक मास्क

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 3.3K
    SHARES

    काठमाडौं परिसरमा ल्याइएको मास्कका बोरा ।

    काठमाडौं । नोबेल कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नेपालमा भने अबैध तस्करी पनि मौलाएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ६ हजार ५ सय जना भन्दा बढिको ज्यान गइसकेको छ भने इटालीमा एकै दिन ३६८ जनाको मृत्यु भएको छ ।

    यस्तो भयावह अवस्थामा कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपायहरु अपनाउनु पर्ने बेलामा नेपालमा भने अरु त के मास्कमा समेत कालोबजारी भइरहेको छ ।



    हिजो मात्रै प्रहरीले कपनबाट १ लाख ५० हजार थान मास्कसहित ७ जनालाई पक्राउ गरेको थियो ।



    आज फेरि प्रहरीले काठमाडौंको सतुंगलमा अवैध रूपमा भण्डारण गरेर राखेको ६ ट्रक मास्क फेला पारेको छ ।

    सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने केही खुलेको छैन ।

    काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो । महानगरिय प्रहरी परिसरको टोलीले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदामबाट ती मास्क बाहिर निकालेको हो । ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा थियो ।

    प्रहरीले अहिले मुचुल्का उठाएर मास्कको गणना गरिरहेको बताउँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले केही समयपछि उक्त मास्क सार्वजनिक गर्ने तयारी गरेको अनलाईन नेपाललाई बताए ।

    यद्यपी उक्त परिमाणको मास्क काठमाडौं परिसर टेकु लैजान भने आठ वटा ट्रक प्रयोग भएका थिए । गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार