Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • गाउँपालिका अध्यक्षको कार्यशैलीले दुगड ग्रुप हैरान

    गाउँपालिका अध्यक्षको कार्यशैलीले दुगड ग्रुप हैरान

    जलविद्युत आयोजनामा गैर कानुनी माग गर्दै अवरोध

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 3.3K
    SHARES

    रामेछाप । झण्डै दुई दशकपछि बनेको स्थानीय सरकारले विकास र जनताको काममा ध्यान दिनुपर्ने हो । तर, पहाडि जिल्ला रामेछापमा भने जनप्रतिनिधि नै विकास विरोधी काममा उत्रिएका छन् भन्दा पत्याउन मुस्कील पर्छ ।

    तर, यथार्थमा रामेछापको उमाकुण्ड गाँउपालिकामा यस्तै घटना देखिएको छ । उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारका कारण वडा नम्बर १ मा बन्न लागेको जलविद्युत आयोजनामा बाधा उत्पन्न भएको छ । जनप्रतिनिधि नै गुण्डागर्दी शैलिमा उत्रिएपछि राष्ट्रिय योजना जलविद्युत आयोजना नै अलपत्र पर्ने स्थथितिमा परेको देखिन्छ ।



    गाँउपालिकाका अध्यक्ष सुनुवार यतिबेला स्थानीयबासीलाई हातमा लिएर दुगड गु्रपले सञ्चालनमा ल्याउन लागेको १ सय ६० मेघावाटको पान हिमालयन हाईड्रोमा बिभिन्न गैर कानुनी माग राख्दै अबरोध सिर्जना गर्न थालेका छन् ।



    विभिन्न बहानामा बार्गेनिङ गर्दै आएका अध्यक्ष सुनुवारको उक्त कार्यशैलीलाई प्रहरीले पनि लगाम लगाउन सकेको छैन । प्रहरीले अध्यक्ष सुनुवारको गैरकानुनी क्रियाकलापमाथि प्रश्न उठाउँदा दुई तिहाई सरकारको दम्भ देखाउँदै उनले गैरकानुनी तरिकाबाट जलविद्युत आयोजना र प्रहरी प्रशासनबिरुद्ध नै गत बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्न सफल भए ।

    प्रहरीले नै जलविद्युत आयोजनासँग मिलोमतो गरी स्थानियलाई दुःख दिएको आरोप लगाउँदै अध्यक्ष सुनुवारले हाइड्रोमा तोडफोड गराएको स्रोत बताउँछ । गत महिना जलविद्युत आयोजनामा कार्यरत सुरक्षाकर्मीले खाएको खानाको बिललाई लिएर भएको बिबादमा बाहिरका केही व्यक्तिहरुलाई प्रयोग गरी आयोजनामा तोडफोड गराएको एक स्थानीयबासी नै बताउँछन् ।

    तोडफोडमा उत्रिएका चार जनालाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो । त्यस लगत्तै अध्यक्ष सुनुवारले पक्राउ परेका चारै जनालाई तत्कालै नछाडे प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई हाईड्रोमा आगजनी गर्नेसम्मको धम्की दिएको स्रोतको दावी छ । तर, प्रशासनले भने पक्राउ परेका चारै जनालाई अध्यक्ष सुनुवारको जिम्मामा अब कुनै पनि गैर कानुनी काम नर्गर्ने सर्तमा छाडिसकेको छ ।

    उनीहरुलाई छाडिएको भोलिपल्टै केही स्थानीयलाई उचालेर अध्यक्ष सुनुवारले गत बुधवार प्रहरी र हाईड्रोबिरुद्ध पे्रस बिज्ञप्ती जारी गरेका हुन् । अध्यक्ष सुनुवार नै आफ्ना स्वार्थ पूरा गर्न स्थानिय जनताको नाममा गुण्डागर्दी शैलिमा उत्रिएपछि दुगड ग्रुपका प्रतिनिधि एमभी दुगड भने सुनुवारबिरुद्ध उजुरी हाल्ने तयारीमा छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार