Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पोर्चुगलमा ६२ नेपालीले पाए राहत, बाहिर पनि वितरण गरिने

    पोर्चुगलमा ६२ नेपालीले पाए राहत, बाहिर पनि वितरण गरिने

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 3.2K
    SHARES

    लिस्वन। गैरआवासीय नेपाली संघ पोर्चुगलले लिस्वनका ६२ नेपालीलाई आपतकालीन राहत वितरण गरेको छ । संघले विश्वभर फैलिएको कोरोना भाइरसका कारण काम नपाएका, भर्खर आएका र समस्यामा परेका अन्य नेपालीलाई राहत उपलब्ध गराएको हो ।

    दुई दिनसम्म राहत वितरण गरेको एनआरएनले आइतबार ४५ र सोमबार १७ जनालाई राहत उपलब्ध गराएको टास्क फोर्स समितिका संयोजक विक्रमजंग कुंवरले जानकारी दिए । संघले राहतस्वरुप चार केजी चामल, एक लिटर तेल, एक केजी दाल, नुन र पास्ता लगायतका अति आवश्यकीय खाद्यान्न वितरण गरेको थियो ।



    समितिका उपसंयोजक दिनेश भण्डारीका अनुसार राहत वितरण जारी रहेकोले कसैले राहत लिन चाहेमा संघमा वा समितिका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।



    संघले लिस्वन बाहिरका क्षेत्रहरुमा पनि राहत वितरणको कार्यक्रम रहेको जनाएको छ । संघका महिला उपाध्यक्ष सीता श्रेष्ठका अनुसार अलेन्तेजु, अल्गाभ, जम्बोजिरा, काबलेइरियो, माल्भादो, सान्तोतोनियो, मिल्फन्तोष, अल्मोग्राव, साओःमिगेल जस्ता ठाउँहरुमा अप्रिल १ तारिखदेखि सहयोग राहत वितरण गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार