Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना भाइरसबाट युएईमा ८ नेपाली संक्रमित

    कोरोना भाइरसबाट युएईमा ८ नेपाली संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 2.5K
    SHARES

    युएई । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसबाट संयुक्त अरब ईमिरेट्स (युएई) मा संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ। युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले फाल्गुन २६ गते पहिलोपटक २ जना नेपाली कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको थियो। त्यसपछि चैत्र १४ गते २ जना नेपालीसहित ७२ जना र चैत्र १५ गते पुनः २ जना नेपाली सहित ६३ जनामा कोरोना देखिएको थियो।

    स्वास्थ मन्त्रालयले मंगलबार नयाँ २ जना नेपाली सहित ५३ जना कोरोनाबाट संक्रमित भएको जनाएको छ। यो संगै युएईमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ। संक्रमित सबैको आईसोलेसनमा उपचार भईरहेको र २ जना संक्रमण मुक्त बनिसकेको दूतावासले जनाएको छ।



    यसैबीच कोरोनाबाट नेपालीहरु समेत संक्रमित हुन थालेपछि नेपाली दूतावासले आफ्ना नागरिकलाई संयमित बन्न आग्रह गरेको छ। साथै स्थानीय प्रशासनले जारी गरेका नियमहरु सावधानीपुर्वक पालना गर्न दूतावासले विज्ञप्ति मार्फत आग्रह गरेको छ। युएईमा अहिलेसम्म ६ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको छ। यसैगरी मृत्यु हुनेको संख्या ६ पुगेको छ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार