Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कपिलवस्तुमा भेटिएका दुबै संक्रमित कहाँबाट आए?

    कपिलवस्तुमा भेटिएका दुबै संक्रमित कहाँबाट आए?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2K
    SHARES

    बुटवल। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरू कहाँबाट आए भनेर ट्राभल हिस्ट्री खाेजिएकाे छ।

    ट्राभल हिस्ट्री खाेज्ने क्रममा १० दिन अघि मुम्बइबाट भागेर नेपाल आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो ।



    उनीहरु १० दिनअघि मुम्वईबाट आएकाे कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेले बताए। उनका अनुसार कपिलवस्तुको नाकाबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।



    स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

    संक्रमीतलाई बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा लगिने छ । अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार