Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मुम्बईबाट कपिलवस्तुका दुवै कोरोना संक्रमितसहित ६ जना भित्रिएका थिए नेपाल

    मुम्बईबाट कपिलवस्तुका दुवै कोरोना संक्रमितसहित ६ जना भित्रिएका थिए नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 1.9K
    SHARES

    भारतकाे मुम्बईबाट कपिलवस्तुका दुवै कोरोना संक्रमितसहित ६ जना नेपाल भित्रिएकाे खुलासा भएकाे छ। बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका ती दुुईजना लकडाउनकै बीच मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको खुलासा भएकाे हाे ।

    कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले मायादेवी गाउँपालिका-८ विजुवाका १६ र २२ वर्षका ती दुइ जना वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको अनुसन्धानबाट खुलेकाे बताए ।



    उनका अनुसार अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको छ। लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए । कपिलवस्तुका दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २६ पुगेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार