Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • २ सय १२ सांसदकाे कोरोना रिपोर्ट नेगेटिभ

    २ सय १२ सांसदकाे कोरोना रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् ।



    उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।



    महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार