Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • क्वारेन्टाइनबाट १९ भारतीय भागेपछि इलाका प्रहरी प्रमुखमाथि अनुसन्धान

    क्वारेन्टाइनबाट १९ भारतीय भागेपछि इलाका प्रहरी प्रमुखमाथि अनुसन्धान

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.5K
    SHARES

    जनकपुरधाम । सप्तरीकाे एक प्राथमिक विद्यालयको क्वारेन्टाइनस्थलबाट १९ जना भारतीय नागरिक भागेपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ ।

    हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहको उक्त क्वारेन्टाइनमा बसेका ७२ भारतीय नागरिकमध्ये १९ जना भागेपछि इलाका प्रहरी कार्यालय भारदहका प्रमुख सई सागीर राइनमाथि छानबिन सुरु गरिएको हो ।



    कोशी नदीबाट डुंगामार्फत रक्सी, लागूऔषध, गुट्खासहितका सामान लकडाउनको समयमा पनि तस्करी हुन थालेपछि प्रहरीकै अगुवाइमा केही दिनअघि सबै डुंगामा ताला लगाइएको थियो । तर सोही डुंगामार्फत प्रहरीले नै १९ जनालाई भारततर्फ पठाइएको स्रोतको भनाइ छ । हाल इलाका प्रमुख सई राइनलाई जिल्ला प्रहरी कार्यालय राजविराज तानिएको छ । उनको ठाउँमा अर्काे सईलाई भारदह पठाइएको छ ।



    प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले १९ जना वेपत्ता भएकै विषयमा अनुसन्धान गर्न सई राइनलाई जिल्ला बोलाइएको बताए । क्वारेन्टाइनमा राखिएका ७२ जनाको निगरानी १० जना सुरक्षाकर्मीले गर्दै आएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार