Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • रोल्पा बम बिस्फोट : अनुसन्धान र दोषीको पहिचान नभएको भन्दै कांग्रेसको आपत्ति

    रोल्पा बम बिस्फोट : अनुसन्धान र दोषीको पहिचान नभएको भन्दै कांग्रेसको आपत्ति

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाली कांग्रेसले एक महिना अघि भएको रोल्पा बम बिस्फोटबारे केन्द्रिय कमिटीको बैठकमा कुरा उठाएको छ।

    कांग्रेसले हिजो  निर्णय गरेको १४ नम्वर बुँदामा भनिएको छ, ‘अघिल्लो महिना बैशाख १८ गते रोल्पाको त्रिवेणी गाविसमा बेवारिसे बमको बिस्फोटबाट ४ अबोध बालबालिकाको निधन भएको घटना बारे हालसम्म अनुसन्धान र दोषीको पहिचान नगरिएकोमा यो बैठक तत्काल गहिरो अनुसन्धान गर्न र दोषिलाई कार्वाही गर्न माग गर्दछ ।’



    बम विस्फोटमा परेर त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिका १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री को मृत्‍यु भएको थियो ।



    युद्धकालमा जंगलमा छोडिएको टुइन्च मोर्टारको सेल विष्फोट भएको हुनसक्ने बताइए पनि त्यसको औपचारिक रुपमा पुस्टि हुन सकेको छैन। पीडित परिवारले उचित क्षतिपूर्ति र न्यायको माग गरेका  थिए । सरकार र ठूला पार्टीले घटनाबारे मौनता साधेको भन्दै जिल्लामा तीव्र असन्तुष्टि पोखिएको छ।

    बम विस्फाेटमा परेर मृत्यु भएका बालबालिकाहरूको परिवारलाई द्वन्द्वकालीन घटनासरह क्षतिपूर्ति दिने सहमति भएपछि परिवारले शव उठाएका थिए ।

    विस्फाेट भएको  बम द्वन्द्वमा नै छाडिएको हो अथवा अरु नै हो भनेर प्रहरीले अनुसन्धान गरी  प्रस्ट पार्न नसेकेको हुँदा कांग्रेसले शंका व्यक्त गरेको पार्टीका एक केन्द्रिय सदस्यले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार