Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली आकाशमा किन उडिरहेको छ चिनियाँ जहाज ?प्राधिकरणमाथि आशंका

    नेपाली आकाशमा किन उडिरहेको छ चिनियाँ जहाज ?प्राधिकरणमाथि आशंका

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं ।  नेपालमा हवाई उडानमा तत्कालका लागि रोक लगाइए पनि आइतबार विहान चिनियाँ जहाजले फन्को मारिरहेपछि शंका उत्पन्न भएको छ।  लकडाउनको समयमा नेपाली आकाशमा शंकास्पद तरिकाबाट चिनियाँ जहाज उड्दा शंका उत्पन्न भएको हो ।

    सगरमाथा क्षेत्रमा विहानैदेखि चिनियाँ जहाजले कयौंपटक फन्को मारेपछि सर्वसाधारणमा  आशंकका जन्माएको छ । नेपाल–भारत र चीनबीच सिमानाका विषयमा तनाव उत्पन्न भइरहेको बेला नेपालको संवेदनशील क्षेत्रमा चिनियाँ जहाजले गातार फन्को मारिरहेको देखिँदा आशंका बढाएको हो ।



    लकडाउनको बेलामा चिनियाँ जहाज नेपाली आकाशमा देखिएको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सगरमाथाको सर्भेका लागि चिनियाँ जहाजले उडान गरेको वताएका छ। ।



    लकडाउनमा सर्भेका लागि चीनले स्वीकृति लिएर नै सगरमाथा आसपासमा आफ्नो उडान गरिरहेको वताइएएको छ । सरकारले कोरोना संक्रमण बढ्न नदिन  नेपालमा हवाई र चार्टर्ड उडानमा भने  रोक लगाएको छ । तर, चीनलाई भने नेपालमा उक्त नियम लागु हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार