Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोना महामारी : लण्डनबाट नेपालीको उद्धार जुन २४ र २६ मा

    कोरोना महामारी : लण्डनबाट नेपालीको उद्धार जुन २४ र २६ मा

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 2.4K
    SHARES

    लण्डन। सरकारले कोरोना महामारीका  कारण खाडी मुलुकबाट नेपाल ल्याएकोमा अब  बेलायतमा रोकिएका नेपालीहरु पनि स्वदेश फर्कन पाउने भएका छन्।

    लण्डनस्थित नेपाली दूताबासका अनुसार यहि जुन २४ र २६ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ।



    उडान लण्डनको ग्याटवीक बिमानस्थलबाट जजिरा एरवेजमार्फत दुबै दिन दिउँसो २ः४५ (बेलायती समय) मा हुने वताइएको छ ।



    दुई साता अघि दूताबासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाए पनि पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकोले दूताबासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन  सूचना गरेको छ।

    दोस्रो उडानमाफर्त जानेहरूले केहि दिनपछि मात्र टिकट लिन भनि सूचना पठाइएको दूताबासले बताएको छ।

    यसरी फर्केने नेपालीहरूलाई राहदानी, पीसीआर वा आरडीटी परिक्षण नेगेटिभ वा कोरोनाको लक्षण नभएको  प्रमाणित  प्रमाणपत्र तयार राख्न भनिएको छ। टिकटको रकम सम्पूर्ण करसहित ९२० पाउण्ड लाग्ने र नेपालबाट टिकट लिनका लागि सम्बन्धित व्यक्तीहरूको सम्पर्क विवरण पनि उल्लेख गरिएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार