Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • न्यूरोडमा १० लाख लुटपाट गर्ने प्रहरी डीआईजीदेखी इन्सपेक्टरका प्रिय

    न्यूरोडमा १० लाख लुटपाट गर्ने प्रहरी डीआईजीदेखी इन्सपेक्टरका प्रिय

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 7.1K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले न्यूरोडमा इलेक्ट्रोनिक्स पसल संचालन गर्ने एक व्यापारीको पसलबाट १० लाख रकम लुटेको अभियोगमा दुई प्रहरीलाई पक्राउ गरेको छ ।

    हुण्डी कारोबार गरेको आरोप लगाउँदै  न्यूरोडमा विकास अग्रवालको पसलमा गएर १० लाख रकम असुलेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन विष्ट र दुई नम्बर गण महाराजगन्जमा कार्यरत सिपाही विक्रम चन्दलाई महाशाखाले पक्राउ गरेको हो ।



    महानगरीय प्रहरी वृत्त, जनसेवामा लुटपाटमा संलग्नको हुलिया दिंदै ८ जेठमा विकास अग्रवालले  जाहेरी दिएपछि घटनाबारे हल्लीखल्ली भएको थियो।



    अग्रवालले बुवाको उपचारका लागि फाइनान्सबाट १७ लाख रुपैयाँ झिकेको र १० लाख रकम प्रहरीहरुले लुटेर लगेको वयान दिएका छन्।

    प्रहरीले क्लोज सर्किट (सीसी) क्यामेरा फुजेट मगाएर अनुसन्धान गर्दा उनीहरुले पैसाको झोला लिएको देखिएको  खुलेको छ।

    यसबारे थप अनुसन्धान गर्न काठमाडौं प्रहरीमा पठाइएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले वताए। अग्रवालले हुण्डीको पैसा बोकेको भन्दै धम्क्याएर उनीहरुले पैसा लुटेको हुनसक्ने स्रोतको भनाइ छ।

    केही समय अघि  महागनरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले चर्चा कमाउने नाममा काठमाडौंका ६० जना  घुमुवा प्रहरीहरुलाई हटाउँदा बिष्टलाई हटाएका थिएनन् ।

    गलत क्रियाकलाप गरेको उजुरी परेपनि विष्टलाई भने परिसरबाट हटाएका थिएनन् ।  परिसरका तत्कालिन एक डिएसपी र घुमुवा इन्सपेक्टरको सिफारिसमा डिआईजी पोखरेलले विष्टलाई परिसरमा नै थमौती गरेका थिए ।

    अन्य घुमुवा प्रहरीहरु भने त्यतिखेर रोइकराउँदै हिंडेका थिए।

    चन्द पनि पहिले परिसरमै घुमुवाको रुपमा कार्यरत थिए ।  पछि हटाएर दुई नम्बर गणमा पुर्याइएको थियो। स्रोतका अनुसार हवल्दार विष्टले परिसरका इन्सपेक्टरदेखी एसपीसम्मलाई प्रभावमा पारेर बिगतदेखि नै व्यापारीहरुसँग अबैध रकम असुली धन्दा चलाउँदै आएका थिए।

    विष्ट डीआईजी पोखरेलदेखि परिसरका उच्च अधिकारीहरुका प्रिय पात्र थिए। विष्टलाई परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले हटाउने तयारी गर्दागर्दै पक्राउ परेको परिसर स्रोत वताउँछ।  एसएसपी  ज्ञवाली परिसरमा आएको दुई महिना पुग्न लागेको छ।

    यसअघि पनि डिआईजी पोखरेलले एसपी रेवती ढकालको कमाण्डमा खटाएको  सीआरभी टोली नै लुटपाट गर्दा गर्दै मकवानपुरको पालुङबाट पक्राउ परेको थियो ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत र पत्रकार भनिने सुजन आचार्य हिरा लुटेको अभियोगमा पक्राउ परेका थिए।

    मकवानपुरको कैलाश गाउँपालिकाकी धनलक्ष्मी गुरुङको घरमा हिरा  र नगद लुटपाट गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार