Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चीनमा ६० वर्ष यताकै ठूलो वर्षा, १४० जनाको मृत्यु

    चीनमा ६० वर्ष यताकै ठूलो वर्षा, १४० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । चीनमा ६ दशकयताकै भारी वर्षा हुँदा १४० जनाको मृत्यु भएको छ भने कयौं विस्थापित भएका छन् ।

    बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।



    मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले नराम्रोसँग प्रभावित भएको हो । हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् ।



    दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् ।

    चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । बु

    चीनको ताजा पानीको सबैभन्दा ठूलो तलाउ भनेर चिनिने पोयाङ्गको धेरै ठाउँका बाँधहरु भत्किएका छन् । दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्ग प्रान्तको लुशान शहरलाई जोगाउन सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ ।

    बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई उद्धार तथा राहत पुर्‍याउन सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार