Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • स्वास्थ्य सुरक्षा अपनाएर सिनेमा घर सञ्चालन गर्न सरकार सकरात्मक : मन्त्री खतिवडा

    स्वास्थ्य सुरक्षा अपनाएर सिनेमा घर सञ्चालन गर्न सरकार सकरात्मक : मन्त्री खतिवडा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्न सरकार सकरात्मक रहेको बताएका छन् ।

    चलचित्र विकास वोर्डले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलचित्र प्रदर्शन गराउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताए ।



    उनले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा लगाईने बताए ।



    चलचित्र क्षेत्र अति प्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार