Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ६८ वर्षका वृद्धको कोरोना संक्रमणबाट मृत्यु

    ६८ वर्षका वृद्धको कोरोना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचारत ६८ वर्षका वृद्धको बुधबार मृत्यु भएको हो ।

    गत बुधबार भर्ना भएका वीरगन्ज वडा नम्बर ७ निवासी वृद्धको एक सातापछि आज मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।



    योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । नेपालमा अहिलेसम्म ४९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । ६८ वर्षका वृद्धको मृत्युसँगै नेपालमा मृतकको संख्या ५० पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार