Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • गृहको मनपरी, एकैछिनमा निर्णय गरेर समय नै नदिकन काठमाडौं प्रवेशमा रोक

    गृहको मनपरी, एकैछिनमा निर्णय गरेर समय नै नदिकन काठमाडौं प्रवेशमा रोक

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले आज १५ साउनबाट लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको छ । यो निर्णय पनि आजै बेलुका गरिएको छ। समय नै नदिकन नियम लागु गरिएपछि यात्रु र सबारी साधनहरु समस्यामा परेका छन् ।

    उपत्यका बाहिरबाट आएका यात्रुहरुको  परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएपछि गृहले यो नियम लागु गरेको जनाएको छ।



    कोरोना रोकथामका लागि यस्तो निर्णय लागू गराउनु राम्रो पक्ष हो। तर, आज बेलुका निर्णय गरेर आजैबाट उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाउनु भनेको गृहको मनपरी हो।



    काठमाडौं आउने यात्रुहरुलाई बिना जानकारी आज बेलुका निर्णय गरेर आजैबाट आवागमनमा रोक लगाउँदा यात्रुहरु नै अन्योल र समस्यामा परेका छन्। गृह मन्त्रालयले निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई  निर्देशन दिएको छ ।

    गृहको निर्णयलाई प्रहरीले कार्यन्वयन गरेपछि नागढुङगामा सबारी साधनहरु अबरुद्द बनेका छन् ।

    नागढुङगामा रोकिएका एक यात्रुले भने , ‘ यो राणा शासन हो कि गणतन्त्र हो ? यसरी निर्णय गर्दा सुचना दिनु पर्दैन ,एक घण्टा अगाडि निर्णय गर्ने अनि हामी सर्वसाधारणले कसरी थाहा पाउने ? नियम नै लागू गर्नु पर्ने हो भने कमसेकम २४ घण्टा अगाडि सुचना दिनु पर्दैन?।’

    स्रोतका अनुसार आज साँझ काठमाडौं आएका यात्रुहरुलाई समस्या नहोस भनेर एक दिन अगाडि समय दिएर मात्र उक्त निर्णय लागू गराउने पक्षमा गृहमन्त्री रामवहादुर थापा भए पनि गृहसचिब महेश्वर न्यौपानेको दबाबमा आज साँझबाटै निर्णय कार्यन्वयन गराइएको छ।

    गृहका हरेक निर्णयहरुमा मन्त्री भन्दा सचिव न्यौपाने हावी हुँदा यस्ता समस्याहरु आउने गरेको गृहकै एक अधिकारीले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार