Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पर्सामा सांसदसहित ६४ जनामा कोरोना पुष्टि, संक्रमितको शव व्यवस्थापनमा झडप

    पर्सामा सांसदसहित ६४ जनामा कोरोना पुष्टि, संक्रमितको शव व्यवस्थापनमा झडप

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 3.7K
    SHARES

    वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित   २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ ।



    यता, कोरोना संक्रमितको शव व्यवस्थापनमा संक्रमितको शव व्यवस्थापन गर्नेक्रममा स्थानीय नागरिकले अवरोध गरेपछि प्रहरीले हवाई फायर अश्रु ग्यास प्रहार गर्दा झडप भएको हो। पर्सा प्रहरीका अनुसार एसपी गंगा पन्तसहित ७ प्रहरी जवानलाई ढुंगाले लाग्दा सामान्य घाईते भएका छन्।



    प्रहरीले हवाइ फायर गरेपछि स्थानीयहरु तितरवितर भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।स्थानीयले अवरोध गर्दा झडप भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार