Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूजा शर्माको गुनासो -कति चुप रहने ? कति सहने?

    पूजा शर्माको गुनासो -कति चुप रहने ? कति सहने?

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। पत्रकार प्रकाश सुवेदीको अन्तर्वाताले सामाजिक सञ्जालमा ट्रोल बनेकी नायिका पूजा शर्माले कति चूप रहने ? कति सहने? भन्दै आफ्ना भनाइहरु सार्वजनिक गरेकी छन्।

    देशमा कति वटा प्रदेश छन्? कति वटा जिल्ला छन्?  तीन जना मन्त्रीको नाम भन्नुस्? भन्ने प्रश्नमा उनी मजाक बनेकी थिइन।



    उक्त अन्तर्वाता लिने पत्रकार प्रकाश सुवेदी पुन: एक पटक अभिनेत्री पूजा शर्मालाई व्यङ्ग्य गर्दै प्रस्तुत भएपछि पूजा शर्माले आफ्नो भनाइ सार्वजनिक गरेकी हुन।



    कतिचूप रहने ?कति सहने?

    प्राइम टिभीमा अन्तर्वार्तामा बोलाइयो, गएँ सामान्य ज्ञानसंग सम्बन्धित प्रश्न गरियो। अन्तर्वाता चल्दाचल्दै मैले पत्रकार प्रकाश सुबेदीजीलाई मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस, भने मान्नु भएन।

    त्यो चिज प्रसारण भयो,भाईरल भयो मेरो थुप्रै ट्रोलहरू बने, आफ्नै गल्ति हो भनेर चूपचाप बसे ।  पछि जब प्रकाशजी एपीअन जानु भो मलाइ पुन: अन्तर्वार्तामा आउ पुजा भनेर भन्नु भो।

    म मानसिक तनाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ? म त्रसित पनि थिए ,तसैले मैले सरी दाइ म आउन सक्दिन भने ,तर त्यसपछि उहाँले आफ्नो कार्यक्रममा मलाइ लक्षित गरेर ‘दारा निस्केको, महानायिका’ भनेर शारिरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसर छोड्नु भएन । 

     के एक पत्रकारले यस्तो अशिष्ट ,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?।

    पत्रकारले गर्न सक्ला मानौ, के टेलिभिजनमा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाय छैन ? हरेक ट्रोलको शिकार देखि , यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधै मौन नै रहनु पर्ने ? अहिले आएर उहाँले ‘मैले कसैको नाम तोकेको छैन’ भनेर भन्दै हुनुहुन्छ, के यसरी पन्छिन मिल्छ ? म नभए पनि कोहि अभिनेत्रीलाई त दारे अभिनेत्री सम्बोधन गरिएकै छ, त्यहाँ ।

    हामी कलाकारहरू कहिलेसम्म पालै पालो यस्तो अतिबादको शिकार भैरहने?
    हाम्रा गल्ती छन्, होलान् पनि त्यो कुरा पत्रकार मित्रहरूले औल्याइ दिनु पर्छ
    तर यो ढंगको प्रस्तुतीकरणले के पत्रकारिताको पनि इज़्ज़त बढ्छ त?
    कृपया सूझाब सल्लाहको अपेक्षा गर्दछु !
    यहाँहरूको सल्लाह अनुसार अगाडि बढ्ने छु ! धन्यवाद!!

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार