Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हुण्डी कारोबारीलाई जोगाएर सुचना दिनेमाथि डकैती लुटपाटको मुद्दा

    हुण्डी कारोबारीलाई जोगाएर सुचना दिनेमाथि डकैती लुटपाटको मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.4K
    SHARES

    लुटपाटमा सँलग्न हवल्दार धिरेन विष्ट र सिपाही विक्रम चन्द

    काठमाडौं । गत असार ७ गते महानगरीय अपराध महाशाखाले न्यूरोडमा इलेक्ट्रोनिक्स पसल संचालन गर्ने बिकास अग्रवाल नामका बिबादास्पद भारतीय  व्यापारीबाट १० लाख रकम लुटेको अभियोगमा दुई प्रहरीलाई पक्राउ  गर्‍यो ।

    अपराध महाशाखाले  न्यूरोडको समृद्ध सहकारी संस्थाबाट पैसा निकालेर लाने क्रममा हुण्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटपाट गरेको अभियोगसहित थप कारवाहीका लागि काठमाडौं परिसरमा पठायो ।



    तर,हुण्डी कारोबारको सूचना दिने सहकारीकै कर्मचारीलाई भने काठमाडौं प्रहरी परिसरले लुटपाटमा मुद्दा दायर गरेर जेल पठाएको छ ।  हुण्डी कारोबारी विकास अग्रवाललाई भने प्रहरीले अनुसन्धान नै नगरी उन्मुक्ति दिएको खुलेको छ ।



    सुचना लिएर दुरुपयोग गरी लुटपाट गर्ने विष्ट र  चन्दहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउनु स्वभाविक हो । तर, सूचना दिने गरिब परिवारका लमजुङका २२ वर्षीय शौरभ अधिकारी र सहकारीमा कार्यरत २१ वर्षीया रेणु श्रेष्ठलाई समेत लुटपाट अभियोगमा कडा सजायको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएपछि प्रहरीको नियतमाथि शंका उब्जिएको हो।

    अग्रवालले ४० लाख समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट निकालेको खुले पनि प्रहरीले उक्त रकमको स्रोत समेत खोतल्न चाहेन।

    अग्रवालको ४० लाख रकमको बारेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागमा पठाउनुपर्नेमा अहिले सम्म प्रहरीले फाइल पठाएको छैन। अग्रवाललाई राजश्व र सम्पत्तिमा समेत नपठाएर जोगाएको आरोप प्रहरीमाथि लागेको छ ।

    अवैध हुण्डीको कारोबार गरेको सूचना दिएवापत शौरभ अधिकारी र  रेणु श्रेष्ठले भने डकैती लुटपाटको  मुद्दा खेपेका छन् ।

    बिबिएस अध्ययनरत शौरभ अधिकारीसँग हवल्दार विष्टको केही महिना अगाडि चिनजान भएको र उनले सहकारीमा हुण्डी कारोबारको रकम जम्मा गर्नेहरुको बारेमा सूचना दिए कमिसन आउँछ भन्ने प्रलोभन देखाएपछि आफूले रेणु श्रेष्ठबाट विकास अग्रवालले सहकारीबाट ४० लाख रकम झिकेको जानकारी पाएको सरकारी वकिलसमक्ष बयान दिएका थिए ।

    उक्त जानकारी पाएपछि आफूले हवल्दार विष्टलाई सूचना दिएको उनले बयानमा खुलाएका छन् । लमजुङमा भएको बेलामा कमिसनको लोभले रेणु श्रेष्ठबाट जानकारी लिएर प्रहरीलाई सूचना दिएका थिए अधिकारीले ।

    तर घटना भएको केही दिनपछि काठमाडौं आउँदा उनलाई हुण्डीको सूचना दिएवापत राज्यले कमिसन दिने त कता हो कता उल्टै पक्राउ गरी लुटपाट र डकैतीको मुद्दालगाएर जेल पठाएको खुलेको छ । ‘ नागरिकबाट सूचना लिएर प्रहरी लुटपाट गर्ने यो कस्तो शैली हो ?’ एक प्रहरी अधिकारी नै प्रश्न गर्छन्। तर सूचना लिएर प्रहरीले बद्मासी गरेपछि  सूचना दिनेहरुको सुरक्षा अब कसले गर्ने ?  ।

    शौरभ अधिकारी र रेणु श्रेष्ठले  कमिसनको लोभमा प्रहरीलाई हुण्डी कारोबारी अग्रवालले रकम निकालेको जानकारी दिएका थिए । तर उक्त रकम हवल्दार विष्ट र जवान चन्दले लुटपाट गरे,अनि डकैती लुटपाटकोको मुद्दा खेप्नु पर्ने सुचना दिने उनीहरुले ? ।

    अधिकारी र श्रेष्ठले प्रहरीलाई सूचना दिएको तर लुटपाटको बारेमा आफूहरुलाई थाहा नभएको प्रष्ट बयान दिंदा दिँदै पनि प्रहरीले उनीहरुलाई मुद्दा चलाएको छ । अर्कोतिर काठमाडौं प्रहरी परिसरले सहकारीलाई अनुसन्धानको दायरामा ल्याएको छैन ।

    अग्रवालको पैसाको स्रोत खोजिएको छैन भने हुण्डी कारोबारको आरोप लागेका अग्रवालालाई छानबिन नगरी उन्मुक्ति दिइएको छ ।

    अग्रवालले ४० लाख लगेको रेणु श्रेष्ठले चेकका प्रमाणसहित सरकारी वकिलसँगको बयानमा खुलाएपनि अग्रवाललाई जोगाउन प्रहरीले उल्टै अग्रवाललाई जाहेरी दिन लगाएको अधिकारी र श्रेष्ठका आफन्तको आरोप छ।  स्रोतका अनुसार अग्रवालसँग परिसरको मुद्दा शाखाका प्रहरीले मिलेमतो गरी उनलाई अनुसन्धानको दायरामा ल्याउनबाट जोगाइएको छ।

    तर अग्रवालले भने १० लाख लुटपाट भएको र  १७ लाख मात्रै सहकारीबाट निकालेको बयान दिएका छन् । यसले पनि अग्रवालको बयानमा शंका गर्ने ठाउँहरु देखिन्छ । यो घटनाको बारेमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्नुपर्ने अधिकारी र श्रेष्ठका परिवारहरुको माग छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार