Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुवेदीले माफी मागे, पूजालाई माफीले मात्रै पुगेन

    सुवेदीले माफी मागे, पूजालाई माफीले मात्रै पुगेन

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । नायिका पूजा शर्मालाई ब्याङ्ग्यात्मक रुपमा दाह्रा भएकी नायिका भनेको आरोपमा सञ्चारकर्मी प्रकाश सुवेदी झञ्झटमा परेका छन् । सुवेदीले माफी पनि मागेका छन् । तर, पूजालाई माफीले मात्रै पुगेको छैन ।

    बेलाबेला विवादमा परिरहने नायिका पूजा शर्माले सुवेदीलाई हदैसम्मको कारबाही गर्ने योजना बनाएकी छिन् । पूजा प्रेस काउन्सिलसम्म पुगेकी छिन् । प्रेस काउन्सिलले पूजाको उजुरीमा सञ्चारकर्मी सुवेदीलाई पत्र काटेर सोधपुछ गरेको छ ।



    सुवेदीले रजतपट नाम टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । पूजा शर्माले आरोप लगाए जस्तै सुवेदीले माफी मागेका छन् । बेलाबेला सञ्चारकर्मी सुवेदी पनि विवादमा आइरहने व्यक्ति हुन् । कार्यक्रममा बोलेका सुवेदीका केही कुरा सत्य छन् । तर, उनले दारा भएकाहरूको अन्तर्वार्ता लिएर मिलाइमिलाइ हालिदिनुपर्ने भनेर दिएको अभिव्यक्तिले पूजाको मन कुटक्कै खाएको छ ।



    चलचित्र क्षेत्र आफ्नो परिवार भएको र यसलाई सधैँ माया गर्ने समेत बताएका उनले ‘दारा’ भन्ने शब्द मैले बोल्न नहुने थियो । जुन मेरो मुखबाट फुस्कियो । अब आइन्दा यस्तो नहुने भन्दै माफी मागेका हुन् ।
    ‘आफूले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो अनर्थ शब्द उच्चारण गर्नुहुँदैन थियो’, सुवेदीले भने, ‘यस बिषयको माफी एक पटक, सय पटक, हजार पटकभन्दा पनि चित्त बुझ्दैन भने लाख पटक माग्छु ।’ सुवेदीले आफूबाट गल्ती भएको र यस विषयमा आफू चुकेको समेत स्पष्ट पारेका छन् ।
    गत बिहीबार रजतपटमा बोलेको शब्द कसै प्रति लक्षित नभएको बताएका सुवेदीको नेपाली चलचित्रमा बढि बोलिने, सुनिने भएकाले यस्ता शब्द आफूले पनि बोल्न पुगेको भनाइ समेत राखेका थिए । आफूले भुलवस बोलको शब्दले जुन प्रतिक्रिया आएको छ, त्यसले आफुलाई बढो गम्भीर बनाएको बताएका सुवेदीले आफुले दुई दशक अगाडिकी अभिनेत्रीले अझैँ उस्तै उर्जावान छिनभन्दा कसैको ध्यान नगएकोमा दुःख समेत व्यक्त गरेका छन् ।
    ‘जतिले आफ्ना विचारहरु राख्नुभएको छ । ती सबै आफ्नो लागि आशीर्वाद हुन्’, सुवेदीले भनेका छन्, ‘आफूलाई सच्याउने मौका दिएकोमा धन्यबाद । जिउँदो हुँदाहुँदै आफूले श्रदाञ्जलि हेर्न पाएकोमा गौरव लागेको छ ।’

    अभिनेत्री पूजा शर्माले आइतबार चलचित्रकलाकार संघ, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल लगायत बिभिन्न संघसंस्थामा सञरकर्मी सुवेदीबिरुद्ध उजुरी दर्ता गराएपनि सुवेदीले टेलिभिजनमार्फत माफी मागेका हुन् । सुवेदीले रजतपट कार्यक्रममार्फत अभिनेत्री पूजा शर्मालाई लक्षित गर्दै ‘दारा भएकी तथा महानायिका’ शब्द प्रयोग गरेका थिए । उनको उक्त शब्द प्रयोगको चौतफी विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार