Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • काठमाडौंमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने सरकारको निर्णय

    काठमाडौंमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेजहरूमा कम्तीमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ ।

    पछिल्ला मन्त्रीपरिषद्का निर्णय सार्वननिक गर्न आयाेजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।



    यसको संयोजन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको पनि सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिएका छन् । यस्तै बैठकले अन्तर जिल्ला आवागमन र सीमा क्षेत्रमा आवतजावतमा थप कडाइ गर्ने निर्णय सरकारले गरेको छ।



    स्वास्थ्य प्रोटोकलहरूको अनिवार्य रूपमा पालना गर्ने र गराउने समेत निर्णय भएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। मापदण्ड र प्रोटोकल पालना नगर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने समेत उनले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार