Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कोरोना त्रास बढेपछि क्वारेन्टिन र आइसोलेसन अपडेट गर्न गृहको निर्देशन

    कोरोना त्रास बढेपछि क्वारेन्टिन र आइसोलेसन अपडेट गर्न गृहको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको त्रास बढेसँगै क्वारेन्टिन र आइसोलेसन अपडेट गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

    मन्त्रालयले थप फैलिन सक्ने आँकलन गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन निर्देशन दिएको हो ।



    गत चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो ।



    त्यसलगत्तै गृह मन्त्रालयले पनि परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न निर्देशन दिएको छ ।

    भिडभाड नियन्त्रण र मास्क अनिवार्य गर्न मन्त्रालयले प्रजिअहरुलाई निर्देशन दिएको छ ।

    यस्तै, गृहले सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन दिइएको जनाएको छ ।

    संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्द गरिएका भारत र चीनबाट नेपाल प्रवेश गर्ने २८ नाका खुला गरिएका छन् । सरकारले महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ११ गते देशभर लकडाउन गरेकामा गत साउनबाट हटाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार