Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विदेशमा पिसीआर रिपोर्ट नेगेटिभ आएकाहरू सिधै घर जान पाउने, क्वारेण्टीनमा बस्न नपर्ने

    विदेशमा पिसीआर रिपोर्ट नेगेटिभ आएकाहरू सिधै घर जान पाउने, क्वारेण्टीनमा बस्न नपर्ने

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । विदेशबाट फर्कंदा पिसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण लिएर आउनेले होटल क्वारेण्टीनमा बस्न नपर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पिसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेले होटल क्वारेण्टीनमा बस्नुनपर्ने बताए ।

    विदेशबाट आउने नागरिकले होटल क्वारेण्टीनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्री भट्टराईले पिसीआर रिपोर्ट नेगेटिभ आएकाहरु सिधै घर जान पाउने स्पष्ट पारेका हुन । सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेण्टीनमा ७ दिन राख्ने निर्णय गरेको थियो ।



    कोरोना संक्रमणको दर कम भएका र पिसीआर परीक्षण सहज भएका देशबाट आउनेले पिसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेण्टीनमा बस्नुनपर्ने उनले बताए । पिसीआर परीक्षण सहज नभएका देशहरुका लागि उद्धार उडान गरिने र पिसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वारेण्टीनमा बस्नुपर्ने उनको भनाई छ ।



    अर्को देशबाट आएर क्वारेण्टीनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अरु देशहरुमा समेत रहेको भन्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेण्टीनमा बस्न सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार