काठमाडौं । सरकारले केराउ र मरिचको आयात खोल्ने निर्णय भएको छ । तर केराउ र मरिच २०७६ चैत अगाडि सिपङ भएकाे हुनुपर्नेछ । सरकारले आयात प्रतिबन्ध लगाउनु अगाडि नै सिपिङ भएका वस्तुलाई आयात गर्न दिने निर्णय गरेको हाे।
सरकारले गत चैतमा विदेशी मुद्रामा चाप पर्दा यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । असारमा उद्योगले आयात गर्ने मरिच आयात खोले पनि अन्य वस्तुको आयात रोकिएको थियो । सरकारले खरिद मूल्य ५० हजार डलरभन्दा माथिका सवारी साधन र मदिरा आयातमा लगाएको प्रतिबन्ध यथावत राखेको छ ।
Leave a Reply