Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकैदिन तीन जना बालिकालाई पालैपालो करणी

    एकैदिन तीन जना बालिकालाई पालैपालो करणी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 5.1K
    SHARES

    काठमाडाैं । लमजुङमा जबर्जस्ती करणीकाे अनाैठाे घटना सार्वजनिक भएकाे छ । एक अधबैंसे पुरुषले एकै दिन ३ बालिकालाई पालैपालो जबर्जस्ती करणी गरेको खुलेको छ ।

    ती पुरुषले केही समययता बालिकाहरूलाई जबर्जस्ती करणीजन्य गतिविधि गर्दै आएकामा तीजको भोलिपल्ट (भदौ ६) मा तीनै जनालाई एकै ठाउँमा बोलाएर ललाइफकाइ पालैपालो करणी गरेको प्रहरीले जनाएको छ ।



    जबर्जस्ती करणी अभियोगमा प्रहरीले क्ब्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई बिहीबार पक्राउ गरेको छ । उनले ११/११ वर्षका दुई जना र ९ वर्षकी एक बालिकालाई कोही नबस्ने घरमा लगेर करणी गरेको अभियोग प्रहरीले लगाएको छ ।



    डीएसपी गंगाबहादुर थापाले बालिकाहरूको स्वास्थ्य परीक्षण गरी गुरुङमाथिको कारबाही प्रक्रिया अघि बढाइएको बताए । मौखिक उजुरीका आधारमा नियन्त्रणमा लिएका गुरुङविरुद्ध पीडित परिवारले शुक्रबार प्रहरीमा उजुरी दिएका छन् ।

    प्रारम्भिक सोधपुछमा गुरुङले गल्ती स्वीकारेका प्रहरीले बताएको छ । प्रहरीले उनको मोबाइलमा थुप्रै अश्लील भिडियोसमेत फेला पारेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार