Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बिहीबार देशभरका अदालत बन्द हुने

    बिहीबार देशभरका अदालत बन्द हुने

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । बिहीबार देशभरका सबै अदालत बन्द हुने भएका छन् ।

    पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनमा शोक मनाउन सर्वोच्च अदालत, सबै उच्च अदालत र जिल्ला अदालतहरु बन्द हुने भएका हुन् ।



    सर्वोच्च अदालतमा आज आकस्मिक रुपमा बसेको पूर्ण बैठकले देशभरका सबै अदालत बन्द गर्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली मिश्रद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।



    २०१३ साल जेठ ८ गते देखि ०१६ साल असार १५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेका सिंहको हिजो भदौ ३० गते साँझ निधन भएको थियो ।

    सिंह बिक्रम संवत १९७६ साल माघ २० गते सप्तरीमा जन्मिएका थिए । २००३ सालमा बडाहाकिम भएर उनले सरकारी सेवा प्रवेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार