Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आइपिएल: दिल्लीको लगातार दोस्रो जित

    आइपिएल: दिल्लीको लगातार दोस्रो जित

    अनलाइन नेपाल
  • शनिबार, १० असोज २०७७
  • 3.5K
    SHARES

    एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ । शुक्रबार राती सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनायो ।

    स्पिनर अक्षर पटेलले पाँचौं ओभरको दोस्रो बलमा शेन वाटसनलाई १४ रनमा शिम्रन हेटमायरबाट क्याच आउट गराए । छैटौं ओभरको अन्तिम बलमा मुरली विजयलाई एनरिच नोर्टजेले कागिसो रबाडाबाट १० रनमा क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा युवा ब्याट्सम्यान रितुराज ५ रनमा आउट भए ।१६ औं ओभरको चौथो बलमा नोर्टजेले केदार जाधवलाई २६ रनमा एलबिडब्लू आउट गरे । १८ औं ओभरको दोस्रो कागिसो रबाडाले फाफ डु प्लेसिसलाई पन्तबाट ४३ रनमा कयच आउट गराए । फाफ ८ डु प्लेसिसले ३५ बलमा ४ चौका प्रहार गरे । अन्तिम ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनीलाई रबाडाले १५ रनमा क्याच आउट गराए ।



    रविन्द्र जडेजा १२ रनमा क्याच आउट भए । अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्टजेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अनुभवी स्पिनर पियुष चवलाले ११ औं ओभरको चौथो बलमा धवनलाई एलबिडब्लू आउट गर्दै तोडेका थिए ।



    धवनले २७ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा आउट भए । चवलाकै १३ औं ओभरको दोस्रो बलमा अघि सेर सट खेल्नेक्रममा मिसहुन पुगेपछि युवा ब्याट्सम्यान शालाई धोनीले ६४ रनमा स्टम्पिङ आउट गराएका थिए । शा ले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।१९ औं ओभरको अन्तिम बलमा साम करनले धोनीबाट श्रेयस ऐरलाई २६ रनमा क्याच आउट गराए । ऐरले २२ बलमा १ चौका प्रहार गरे । विकेटकिपर ऋषभ पन्त २५ बलमा ६ चौका सहित ३७ अविजित रहे । तेस्रो विकेटका लागि ऐर र पन्तले ५८ रनको साझेदारी गरेका थिए । मार्कस स्टोइनिस ३ बलमा ५ रनमा अविजित रहे ।

    सुरुवात राम्रो गरेपनि उत्कृष्ट अन्त्य गर्न नसक्दा दिल्ली विशाल योगफल बनाउन चुकेको हो । चेन्नईका पियुष चवलाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । युवा बलर साम करनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित हुन पुगेको थियो । चेन्नईले चौथो खेलमा अक्टोबर २ मा सनराइजर्स हैदराबादसग खेल्ने छ । तेस्रो खेलमा दिल्लीले हैदराबादसँग सेप्टेम्बर २९ मा खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार