Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विराटनगरमा ६ वर्षीय कोरोना संक्रमितकाे मृत्यु

    विराटनगरमा ६ वर्षीय कोरोना संक्रमितकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    विराटनगर । कोरोना भाइरसकाे संक्रमणबाट विराटनगरमा ६ वर्षीय बालकको मृत्यु भएको छ ।

    बुढीगंगा गाउँपालिका-२ टंकिशिनवारीमा रहेको विराट मेडिकल कलेजमा बिहीबार साँझ ६ वर्षीय बालकको मृत्यु भएको विराट मेडिकल कलेजको आइसोलेसन इञ्चार्ज सनिल देवले जानकारी दिए ।



    जनकपुर उपमहानगरपालिका-२ धनुषा घर स्थायि ठेगाना भएका बालक मस्तिष्क ज्वरोका कारण सिकिस्त भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हाे । बालकमा असोज ८ गते कोरोना पोजेटिभ देखिए पछि ९ असोजमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।



    अत्याधिक ज्वरोका कारण उनी असोज पहिलो साता विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा भर्ना गरिएको थियो । विराटनगर अस्पतालमा तीन दिन राखेर उपचार गर्दा कोरोना पोजेटिभ देखिएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा सारिएको थियो ।

    उपचारका क्रममा आइसोलेसन चार्ज बाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेको थियो । तर आर्थिक अवस्था कमजोर भएका बालकको उपचारमा लागेको सबै खर्च मिनाहा गरिएको आइसोलेसन इञ्चार्ज देवले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार