Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ओलीको स्वार्थमा नेकपाको बैठक फेरी स्थगित

    ओलीको स्वार्थमा नेकपाको बैठक फेरी स्थगित

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक फेरी स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार बैठक स्थगित भएको स्रोत बताउँछ । बैठक आइतबार दिउँसोसम्मका लागि स्थगित भएको छ ।

    शनिबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको थियो । प्रधानमन्त्री ओलीले गत बिहीबार एकलौटी रुपमा मुख्यसचिव तथा राजदूतको नियुक्ति गरेपछि पार्टीभित्र विरोध भएको थियो ।



    सचिवालय बैठकमा सो विषय पनि उठ्ने भएपछि ओलीले बैठक रोकेको आँकलन गरिएको छ ।  नियुक्तिमा पार्टीमा छलफल गर्ने सहमति भएपनि ओलीले सहमति तोडेको आरोप लागेको छ ।



    ओलीले राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गरेको भन्दै सत्तारुढ नेकपामा सन्तुष्टि बढेकाे छ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत लगायत महत्त्वपूर्ण निकायमा नियुक्ति गरेपछि नेकपामा असन्तुष्टि बढेकाे हाे।

    राजदूत नियुक्ती प्रकरणले तनाब बढेपछी प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचबीच शुक्रबार छलफल भएको थियो ।

    दुई अध्यक्षबीचको छलफलपछि शनिबार ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको थियो। बैठक आइतबार बस्ने तर समय भने निर्धारण भइसकेको छैन । मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डासहित बैठक बस्ने भनिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार