Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेना नियन्त्रणमा नागरिक संवेदनशील नदेखिए फेरी लकडाउन गर्ने सरकारकाे चेतावनी

    काेराेना नियन्त्रणमा नागरिक संवेदनशील नदेखिए फेरी लकडाउन गर्ने सरकारकाे चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 3.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । सरकारले पुनः लकडाउन हुन सक्ने बताएकाे छ ।

    सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।



    मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसकाे संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएका हुन् । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो ।



    अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए ।

    चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाई छ । लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनले बताए ।

    त्यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरेका छन् । काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको भन्दै उनले नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरेका हुन् ।

    संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे । दसैँ, तिहार र छठजस्ता चाडपर्वहरुमा भींडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार