Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेकपा फेरी फुट्काे संघारमा, ओलीले नै दिए प्रचण्डलाई अलग हुने सुझाव

    नेकपा फेरी फुट्काे संघारमा, ओलीले नै दिए प्रचण्डलाई अलग हुने सुझाव

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन लागेकाे बताएका छन् ।

    आफू निकट नेताहरूसँग खुमलटारमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको भेटघाटमा  सँगै हिड्न नसकिएकाे भन्दै अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका हुन्।



    ‘‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं।’’ प्रवक्ता श्रेष्ठका अनुसार शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए।



    खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्रीले गरेको प्रस्तावका वारेमा छलफल गरेको र पार्टी एकता कायम गराउनका लागि तिब्रताको साथ छलफल भईरहेको श्रेष्ठले जानकारी दिए।

    स्रोतका अनुसार खुमलटारमा आज बिहान ११ बजे प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहित नेताहरूको गोप्य बैठक बसेको थियो ।

    छलफलमा ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको एकनेताले बताए । छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल र उपाध्यक्ष वामदेव गौतम पनि सहभागी रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार