Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेललाई नियुक्त गरेकाे छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा पौडेललाई चार बर्षका लागि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।



    आफु कार्यकारी निर्देशक भएको जानकारी पाएकाे भएपनि आधिकारीक पत्र नपाएको पौडेलले जानकारी दिए । ‘नियुक्तिबारे मिडियाबाट जानकारी पाएको छु । आधिकारीक पत्र भने पाएको छैन ।’ उनले भने ।



    लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा. दामोदर बसौला र डा. कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार