Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा लोहनी नियुक्त

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा लोहनी नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 657
    SHARES

    काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

    लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।



    त्यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा सुवोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    बैठकले माल्दिभ्सको मालेमा २०८० साल मंसिर २७–२८ मा आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता डा.दिनमणि पोखरेललाई सहभागि हुन स्वीकृति दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार