Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजिनामा, यस्तो छ कारण

    स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजिनामा, यस्तो छ कारण

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 843
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामुहिक राजिनामा दिएका छन् ।

    बोर्ड सदस्य डा सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामुहिक राजिनामा दिएका हुन् । नौ महिनादेखि स्वास्थ्य बीमा बोर्ड अध्यक्षविहीन छ ।



    स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमवार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए।



    बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरु बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार